Logo

शुक्रवार उपत्यकाका नौ स्थानमा सवारी प्रवेशमा रोक, यस्तो छ रुट

शुक्रवार उपत्यकाका नौ स्थानमा सवारी प्रवेशमा रोक, यस्तो छ रुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रवार उपत्यकामा नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई ध्यानमा राखी सवारी प्रवेशमा रोक लगाएको हो । महाशाखाका अनुसार भोली चावहिल,बानेश्वर तथा ज्ञानेश्वरबाट गौशालातर्फ जान रोक लगाएको छ । त्यस्तै मैतीदेवी चोकबाट पुरानो बानेश्वर, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो ।

महाशाखाले मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामंगलतर्फ र जोरपाटी नारायणटारबाट करिडोर बाटो हँुदै आउने मालबाहक सवारीसाधनलाई गौरीघाटतफ व्यस्थापन गर्ने बताएको छ । त्यस्तै सिनामंगल पुलबाट होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने त्यस्ता सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको छ ।

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ रोड परिक्रमा गर्ने यात्रुबाहक सवारीलाइ पुरानो बसपार्कमा व्यवस्थापन गरिने छ । भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । महाशाखाले रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीलाइ पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएको छ ।

यस्तै कलंकीबाट बालाजु, महाराजगन्ज भएर चल्ने सवारीलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ । रातोपुल, गौशाला हुँदै चावहिलतर्फ जाने सवारी साधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्र शालिक, कृष्णपाउरोटी, ज्ञानेश्वर, सानो गौचरन, कालोपुल, सिफल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने व्यवस्था गरेको छ । साथै र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।

यस्तै शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने सवारीसाधनलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ ।

यसैगरी विदेशी पर्यटकका सवारीसाधनलाई तिलगंगा, भारतीय दर्शनार्थीका साना सवारीसाधन र पासवाला सवारीसाधनलाई अमालकोट,मा पार्किङको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्