Logo

गाउन जान्नुहुन्छ कि नाच्न, सांस्कृतिक संस्थानले दिदैंछ जागिर

गाउन जान्नुहुन्छ कि नाच्न, सांस्कृतिक संस्थानले दिदैंछ जागिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सांस्कृतिक संस्थानले गायन, नृत्य, वाद्यवादक, नाट्य क्षेत्रमा जागिरको अवसर खुल्ला गरेको छ । संस्थान कलाकारिताका विभिन्न क्षेत्रसहित प्रशासन तथा प्राविधिक तर्फ अधिकृतस्तरदेखि खरिदार तह (चार) तहमा आवेदन माग गरेको हो ।

saskritik
संस्थानले २१ बर्ष पुरा भइ ४५ बर्ष ननाघेका योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो । अधिकृतस्तरको आवेदनका लागि १२००, सुब्बा स्तरको लागि ७०० र खरिदारस्तरको लागि ६ सय रुपैयाँमा फारम लिन सकिनेछ । जागिरको तयारीका लागि आवश्यक पाठ्यक्रम संस्थानको आधिकारीक वेबसाइटमा पनि प्राप्त गर्न सकिने संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्