काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्री परिषदको बैठकले रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्र सरुवा गरेको छ ।
त्यस्तै मोहनकृष्ण सापकोटा सामान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
बैठकले पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।