Logo

एशियन लाइफले दियो २० प्रतिशत बोनस सेयर, बोनससँगै ५० प्रतिशत हकप्रद पनि

एशियन लाइफले दियो २० प्रतिशत बोनस सेयर, बोनससँगै ५० प्रतिशत हकप्रद पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको हिजो बसेको संचलक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

उक्त बोनस सेयरका लागि कर वापत सेयरधनीलाई १ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । बोनस सेयर वितरण सम्बन्धमा संचालक समितिले हिजो मात्र निर्णय गरेको र स्वीकृतिका लागि बीमा समिति पठाइने जानकारी दिएको छ । बीमा समितिबाट स्वीकृत भएर आएसँगै कम्पनीको आगामी साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।

यसैगरी कम्पनीको हिजो बसेको बैंठकले सेयर धनीलाई बोनस लगत्तै ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव स्वीकृतिका लागि सम्बन्धित सरोकारवाला निकायका पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्