Logo

चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिक आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिक आदेश जारी गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले तस्रो बरियाताको डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेको थियो ।

पहिलो बरियाताका डीआईजी नवराज सिलवालले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि सो विषयमा अन्तरिम आदेश जारी गरेको हो । उक्त रिटमाथी सोमबार सुनुवाई हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL