काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । आज वसेको मन्त्रिपरिषद्को बैंठकले तेस्रो वरियाताका डीआईजी चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सत्ता साझेदारबीच लामो समयसम्म विवादमा रहेको रहेको आईजी नियुक्तको विषय आज टुङ्गो लागेको हो । डीआईजीको पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल थिए ।
त्यसैगरी आजै वसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।