Logo

हिमालयले शुरु गर्यो काठमाडौं- क्वालालम्पुर उडान, टिकटदर २५ हजार ३ सय रुपैयाँ

हिमालयले शुरु गर्यो काठमाडौं- क्वालालम्पुर उडान, टिकटदर २५ हजार ३ सय रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाईन्सले शुक्रवारदेखि काठमाडौं क्वालालम्पुर उडान शुरु गरेको छ । आज एक कार्यक्रमवीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विहान ८:४० बजे विमान त्यसतर्फ लागेको हो ।

सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाही, सह(सचिव बुद्धिसागर लामिछाने, नेपालपर्यटन बोर्डका कार्यकारी अधिकृत दिपक राजजोशीद्वारा उडान सेवाको उद्घाटन गरिएको थियो । मलेसियन दुतावासको चार्ज दि एफिअर अहमदफादिल पनि क्वालालम्पुर उडानमा सहभागी थिए ।

सो अवसरमा हिमालयका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाईन्सले निरन्तर यसको गन्तव्य बढाउदै गएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने बताए । त्यस्तै क्वालालम्पुरको प्रारम्भिक उडानमै शतप्रतिशत भरिभराउ र अग्रिम बुकिङ्गले यस उडान मार्गले सफलतापाउने रुपमा आत्मविश्वास दिलाएको जानकारी दिए ।

हप्ताको पाँचदिन उडान गर्ने एअरलाईन्सले काठमाण्डौ(क्वालालम्पुर(काठमाण्डौको लागी शुरुवाती टिकटदर रु. २५ हजार ३ सय (राउण्ड ट्रिप)कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन ।

उद्घाटनका रुपमागरिएको प्रारम्भिक उडानका यात्रुहरुलाई अध्यक्ष, उपाध्यक्ष(प्रशासनका साथ(साथै हिमालय एअरलाईन्सका उच्चपदस्थ अधिकारीहरुले स्वागत गरेका थिए । काठमाडौँ–क्वालालाम्पुरः उडान सोमवार, बुधवार, बिहीवर, शुक्रवार र शनिवार काठमाडौंबाट ८ २५ मा उडी ३ ३० मा क्वालालम्पुर पुग्ने छ । त्यस्तै क्वलालम्पुरबाट ४ २५ मा उडान गभरी ७ बजे नेपाल आइपुग्ने छ ।

नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् अगष्ट २०१४ मा स्थापित भएको हो । एअरलाइन्स्ले यही बर्ष २०१७को आगामी महिनाको पहिलो चरणमा याग्ङगुन, दिल्ली, दमाम, अहमदावाद, चेंदगु र दोयाम चरणमा दुवई, हङकङ, बैंकक, ल्हासा, र वेइजीङ्गलाई प्रत्यक्ष उडान जोड्ने योजना बनाएको छ ।
हिमालय एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने ए३३० जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL