Logo

निजी क्षेत्र फकाउँदै नयाँ शक्ति, पूर्व अध्यक्ष जोशी भए संयोजकका अनररी कन्सल्ट्यान्ट

निजी क्षेत्र फकाउँदै नयाँ शक्ति, पूर्व अध्यक्ष जोशी भए संयोजकका अनररी कन्सल्ट्यान्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइको अनररी कन्सल्ट्यान्टमा नियुक्त भएका छन् ।

पार्टी स्थापनाको समयमा सबै क्षेत्रलाई समेट्दै अघि बढ्ने उद्घोष गरेका नयाँ शक्तिका संयोजक भट्टराइले आफ्नो अनररी कन्सल्ट्यान्टमा जोशीलाई नियुक्त गरेका हुन् । ‘अबको निकास आर्थिक विकास’ भन्ने मुल नारा लिएर स्थापना भएको नयाँ शक्तिले निजी क्षेत्रको भुमिमा पूर्व अध्यक्ष जोशीलाई नियुक्त गरेका हुन् ।

देशलाई आर्थिक विकासमा लैजानको लागि निजी क्षेत्रमा देखिएका समस्या तिनका समाधानका विषयमा सल्लाह दिनका लागि आफु डा. भट्टराइलको अनररी सल्लाकारमा नियुक्त भएको पूर्व अध्यक्ष जोशीले बताए । ‘निजी क्षेत्रको समस्यालाई राजनीतिक तहबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सल्लाह दिनका लागि सल्लाहकारमा गएको हुँ,’ उनले भने, ‘निजी क्षेत्रको समस्या समाधान र आर्थिक विकासमा नै मेरो भुमिका निहित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्