Logo

उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिकावीच सम्झौता, १६ ‘सिस्टर सिटी’मा नेपाली वस्तुको प्रदर्शनी कक्ष

उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिकावीच सम्झौता, १६ ‘सिस्टर सिटी’मा नेपाली वस्तुको प्रदर्शनी कक्ष


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिकावीच नेपाली उत्पादनलाई विदेशी बजारमा प्रवद्र्धन सम्वन्धी सम्झौता भएको छ । महानगरपालिकाका भगिनी सम्बन्ध भएका विभिन्न १६ शहर (सिस्टर सिटी )मा नेपाली वस्तुको विक्री कक्ष स्थापना गरी विक्री गर्ने सम्झौता भएको हो ।

भगिनी सम्वन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायत १६ वटा शहरहरुमा नेपाली वस्तुहरुको विक्री कक्ष स्थापना गरिने छ । आइतवार उद्योग मन्त्रालयमा आयोजीत कार्यक्रमवीच उद्योग मन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितीमा काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङ र मन्त्रालयका सहसचिव दिनेश घिमिरेले सो सम्झौतपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात १६ शहरमा नेपाली उत्पादनको प्रदर्शनी स्थल राख्ने काम अघि बढाइने छ । त्यस्तै प्रत्येक शहरमा एक जना फोकल पर्सन समेत व्यवस्थपन गरिने छ ।

विदेशमा नेपालको उत्पादन प्रदर्शन, विक्री तथा बजारीकरण गर्ने उद्देश्यसहित सम्झौता गरिएको मन्त्री जोशीले जानकारी दिए । यससँगै अन्य सरकारका नियकाय हरुलाई पनि एक अर्कावीच समझदारीबाट अघि बढ्ने कामको शुरुवात गर्न मार्ग निर्देशन गर्ने बताए । त्यस्तै अन्तरराष्ट्रिय स्तरमा राष्ट्रिय कुटनिती गर्ने अवसर मिल्ने र नेपाली सामानलाई अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त बनाउने जानकारी दिए । मन्त्री जोशीले सम्झौतापश्चात नेपालका उत्पादन तथा सिप अन्तरराष्ट्रिय बजारमा प्रदर्शन हुने अवसर मिल्ने जानकारी दिए ।

कार्यक्रममा महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले शहर शहरवीच सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यसबाट फाइदा लिन मद्दत गर्ने जानकारी दिए । साथै ती शहरमा नेपालको हस्तकलाको विशेष आकर्षण रहेकोले प्रर्दशनी केन्द्र बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे । त्यस्तै उनले काठमाडौं बागदरवारमा सिस्टर सिटी ग्यालरी बनाइने समेत जानकारी दिए ।

सो अवसरमा कार्यकारी अधिकृत तामाङले मन्त्रालयले नेतृत्व गरेर अघि बढेकोमा गर्व लागेको बताए । नेपालको चिनो अन्तरराष्ट्रिय स्तरमा पुर्याउने फोरमको विकास गर्नु आवश्यक छ । निकट भविश्यमानै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको जानकारी उनले दिए । ‘हाल ३ ओटा थप शहरसँग सम्झौता गर्ने क्रममा छौं’उनले भने । महानगरपालिकाले यो सहकार्यलाई अवसरको रुपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्