Logo

चौधरी ग्रुप र निम्वसले युवा उद्यमीको व्यवसायी योजनामा लगानी गर्ने , प्रविधिमा रुची भएका युवा उद्यमीलाई सहयोग

चौधरी ग्रुप र निम्वसले युवा उद्यमीको व्यवसायी योजनामा लगानी गर्ने , प्रविधिमा रुची भएका युवा उद्यमीलाई सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुप र निम्वसले नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायीक योजनामा लगानी गर्ने भएको छ । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका हुन् ।

हिमालयन क्लाईमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा उनीहरुले यस्तो घोषणा गरेका हुन् । गैर नाफा मुलक संस्था हिमालयन क्लाईमेट इनिसिएटिभ— एचसिआई ले काठ्माण्डौं र नेपालगन्जमा सामाजिक र व्यावसायिक उद्यमसिलताको विकास तथा विस्तार केन्द्र सञ्चालन गर्दै आएको छ । निर्वाण र आनन्द दुवै जना एचसिआईका सह संस्थापक छन् ।

कार्यक्रममा एचसिआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठुलो संख्यामा बाहिरीएका युवाहरुका लागि रोजगारीका लागि कयौं अवसरहरुको सिर्जना गर्नु अहिलेको सबै भन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताए । साथै व्यवसायिक क्षेत्रले नै अधिकांश रोजगारिका अवसरहरु सिर्जना गर्ने भएकाले मुलुकमा त्यसको उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

कार्यक्रममा चौधरी ग्रुपको सिजि कर्पका निर्देशक चौधरीले सूचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताए । उनले युवाका नयाँ उद्यम तथा कम्पनीहरुलाई सहायता गर्न आफुहरुसँग प्रशस्त आर्थिक स्रोत उपलब्ध भएको जानकारी दिए । उनले आफु पनि मुलुकको एक उद्यमी भएको बताउँदै आफुहरु समाजमा अन्य धेरैं उद्यमीहरु जन्माउन तत्पर भएकोमा दृढता व्यक्त गरे ।

सोही अवसरमा निम्बस समुहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमशिलता दुवै तर्फबाट विकास हुन सक्ने बताए । पहिले उद्यमीहरुबाट अवधारण आएपछि मात्र लगानिकर्ताले लगानी गर्छन भन्ने सामान्य धारणा रहेको बताए । साथै धेरै जसो समयमा लगानिकर्ता आफैंले अवधारणाहरु विकास गरेपछि नयाँ प्रतिभाशालि युवा उद्यमीहरुले उक्त योजनालाई अघि बढाउन पनि सक्ने स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL