Logo

मेलम्चीको पाइपलाइन विस्तारले प्रदुषण बढ्यो, नयाँ प्रविधिको उपकरण प्रयोग गर्न निर्देशन

मेलम्चीको पाइपलाइन विस्तारले प्रदुषण बढ्यो, नयाँ प्रविधिको उपकरण प्रयोग गर्न निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेलम्ची खानेपानीको पाइपलाइन विस्तारका क्रममा काठमाडौं उपत्यका प्रदुषित भएको भन्दै विकास समितिले खनिएका सडक तिव्र रुपमा मर्मत गर्न निर्देशन दिएको छ । समितिले काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडकविभाग, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र मेलम्ची खानेपानी आयोजना–२ बीच हुनुपर्ने जति समन्वय एवं सहकार्य हुन सकेको नदेखिएको भन्दै समन्यव गरि निर्माणकार्य तिव्र बनाउन निर्देशन दिएको हो ।

‘मेलम्ची खानेपानी पाइपलाइन विस्तार गर्ने कार्यका लागि जमिन माथिको सतहन बिगारी जमिनमुनी खोदान गर्ने र पाइप विच्छ्याउने प्रविधिको प्रयोग नगरी परम्परागत प्रविधिको नै प्रयोग भएका कारण अत्याधिक धुलोको उत्पादन हुन गएको छ ’ निणर्यमा भनिएको छ । साथै आगामी दिनमा जमिनको सतहन विगारी भूमिगत रुपमा नै खोदान गर्ने प्रविधि भित्राई प्रयोग गर्न गराउन, अहिलेको प्रदुषण कम गर्न नियमित पानी छर्कने व्यवस्था मिलाउन मेलम्ची खानेपानी आयोजना–२ लाई निर्देश गर्दछ ।’

त्यसै गरी काठमाडौँको सरसफाईको लागि आवश्यक ब्रुमर मेसिनहरु छिटो भन्दा छिटो खरिद गरी प्रयोगमा ल्याउन समितिले काठमाडौँ महानगरपालिकालाई निर्देश गरेको छ । बिच्छ्याइएका पाइपको तत्काल परीक्षण गरी पुनर्निर्माण तथा मर्मत सम्भारका लागि १५ दिनभित्र सडक विभाग एवं सम्बन्धित निकायलाई हस्तान्तरण गरिसक्न समिति मेलम्ची खानेपानी आयोजना –२ लाई निर्देशन दिएको छ ।

साथै हस्तान्तरण भई आएका सडक खण्डहरुको पुनर्निमाणको कार्य हस्तान्तरणभएको मितिले ४५ दिनभित्र निर्माण सम्पन्न गरिसक्न भौतक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, मेलम्चीखानेपानीआयोजना–२ एवं सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

हाल सडक खनिएको अवस्थामा संभवभएसम्म अप्टिकल फाइवर, टेलिफोन, विजुलिका तार केवलहरु समेत बिछ्याउन र सडकमुनी बिछ्याइएका यस्ता वस्तुहरुको स्पष्ट नक्सांकन तथा कलर कोडिङ संकेतहरु राख्न, स्पष्ट देखिने गरी संकेत राख्न तथा जिपिएस जिआइएस म्याप तयार गर्न समितिले यातायात मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, आयोजना, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ ।

अयोजनाबाट प्राप्त हुने पानी वितरणमा कुनै प्रकारको समस्या नआउने गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकीय तथा प्राविधिक दक्षता समयमा नै अभिवृद्धि गर्न गराउन,समिति नेपाल सरकार, खानेपानीतथाढलनिकास विभागलाई निर्देश गरेको छ । त्यसैगरी सडकको जमिनमुनी रहेका विभिन्न भौतिक संरचनाहरु मर्मत संभारको क्रममा पुग्न गएको/जाने क्षतिको मर्मत संभार क्षति पु¥याउने सम्बन्धित निकायले नै व्यहोर्नु पर्ने व्यवस्था मिलाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीयमामिला तथा स्थानीय विकास मन्त्रालय, खानेपानीतथा ढल निकास विभागलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्