Logo

निगमले ल्यायो गौथली, दुर्गममा उडान गर्ने तयारी

निगमले ल्यायो गौथली, दुर्गममा उडान गर्ने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चौथो चिनियाँ जहाजका रुपमा वाई१२ नेपाल ल्याएको छ । गौथली नाम दिइएको जहाज चीनको कुन्मिङबाट म्यानमार कलकत्ता हुँदै बुधबार चार बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजलाई नेदरल्याण्ड्सका पाइलट रोबर्टस भर्बोङ्क र को पाइलट मार्क एबेन्चोरले उडान गरेका थिए ।

१८ सिट क्षमताको वाइ१२ मार्फत निगमले खासगरी दुर्गम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ । निगमसँग यो जहाजसँगै आन्तरिक तर्फ ६ ओटा जहाज भएका छन् । यसअघि दुईओटा एमए६० र एउटा वाइ१२ र दुईओटा ट्वीनअटर जहाज निगमसँग थिए ।

प्रतिक्रिया दिनुहोस्