Logo

भवन निर्माण अनुगमन गर्न कार्यदल गठन, अनियमित निर्माण नियन्त्रण गरिने

भवन निर्माण अनुगमन गर्न कार्यदल गठन, अनियमित निर्माण नियन्त्रण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणको अनुगमनका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाको बुधवार बसेको बैठकले भवन निर्माण इजाजत अनुरुप निर्माण भए नभएको तथा अनियमित निर्माण नियन्त्रण गर्न कार्यदल गणन गर्ने निणर्य गरेको हो ।

कार्यदलको संयोजकमा भवन निर्माण इजाजत विभागका महाशाखा प्रमुख, र सो विभागका ४ जना इन्जिनियर, नगर प्रहरी महाशाखाका नगर प्रहरी निरीक्षक इन्जिनियरलगायत ७ जना सदस्य रहने छन् ।

बैठकले भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि २०७३ स्वीकृत गरेको छ । कार्यविधि अनुसार सेवाग्राहीबाट नक्सा पासका लागि नियमानुसार इविपिएस मार्फत आवेदन दिएमा सो नक्सा फाइल सम्वन्धित प्राविधिक मार्फत गाइडेड ल्याण्ड डेभलपमेन्ट(जिएलडी) भवन निर्माण मापदण्ड र भवन निर्माण आचार संहिता अनुरुप छ छैन चेक जाँच गरी ३ दिन भित्र लाग्ने दस्तुर लिई दर्ता गरी अन्य कार्यका लागि सम्वन्धित वडा कार्यलयमा पठाउने निणर्य बैठकले गरेको छ ।

रीतपूर्वक नक्सापास गर्न आवेदन नदिएकाको आवश्यक कागजात माग गर्ने गरी ३ दिनभित्र जानकारी दिने ।त्यस्तै भवन निर्माण अनुगमन कार्यदलको भवन संरचना अनुगमन कार्यलयको कार्य शर्त स्वीकृत गरेको छ । महानगर भित्र भवन निर्माण इजाजत विभागको स्वीकृति लिई हाल निर्माणाधिन संरचनाको नियमित अनुगमन गरेर रेकर्ड राख्ने निणर्य बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्