Logo

भारतमा २०१७/०१८ को बजेट सार्वजनिक, गरिवका लागि १ करोड घर निर्माण गरिने

भारतमा २०१७/०१८ को बजेट सार्वजनिक, गरिवका लागि १ करोड घर निर्माण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । भारतीय अर्थ मन्त्री अरुण जैत्लेले बुधवार २०१७ /०१८ को बजेट सार्वजनिक गरेका छन् । उनले लोक सभामा सो बजेट सार्वजनिक गरेका हुन् । स्वच्छ भारत, परिवर्तन र चलायमान बजेटमा मुख्य एजेन्डा रहेका छन् ।

जसअनुसार २०१९ सम्ममा गरिवका लागि १ करोड घर निर्माण गरिने छ । त्यस्तै प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत एक दिनमा १ सय ३३ किलोमिटर सडक निर्माण गरिने छ । त्यसैगरी वेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नयाँ मेट्रो रेल पोलिसी ल्याइने बजेटमा उल्लेख छ ।

२०१७/०१८ मा कृषि क्षेत्रमा ४ दशमलव ६ प्रतिशत वृद्धि हुने बजेटमा उल्लेख छ ।  २८ हजार आर्सनिक हटाउइने । ३ हजार ५ सय किलोमिटरको रेलवे लाइन बनाइने छ ।

त्यस्तै शारिरिक रुपमा अपांगता भएकाहरुका लागि लिफ्ट तथा एलिभेटरसहितको ५ सय रेल स्टेशनको निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्