Logo

अन्नतः करको दायरामा आयो होटल याक एण्ड यती, कर निर्धारण गर्दै महानगरपालिका

अन्नतः करको दायरामा आयो होटल याक एण्ड यती, कर निर्धारण गर्दै महानगरपालिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । याक एण्ड यती होटल अन्ततः करको दायरामा आएको छ । काठमाडौं महानगरपालिकाको लगातारको दवावपछि करको दायरामा आएको हो ।

महानगरपालिको याक एण्ड यतीको फोहोर नउठाउने तयारी थालिसकेको थियो । तर विवरण बुझाएपछि भने होटलको सुविधामा कटौती नगरिएको काफ्लेले बताए ।

होटलले गत साता करको विवरण महानगरपालिकामा पेस गरेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । याक एण्ड यतीले विवरण बुझाएको ३ महिनाभित्र महानगरपालिकाले कर निर्धारण गर्नुपर्ने छ ।

सो निर्धारित कर अनुसार होटलले हालसम्मको कर तिर्नुपर्ने महानगरपालिकाले जानकारी दिएको छ । सो अवधिमा कर नतिरेका महानगरले वक्यौतासहित जरिवाना लिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL