Logo

पूर्व अर्थमन्त्री डा.महत भन्छन्, आर्थिक प्रगति विना समाजको मतभेद असम्भव’

पूर्व अर्थमन्त्री डा.महत भन्छन्, आर्थिक प्रगति विना समाजको मतभेद असम्भव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिले विकासको युग भएकोले आपसी असहमति, मतभेद र राजनीतिक पूर्वाग्रहबाट बाहिर निस्किएर समुन्नतिको बाटोमा एकोहोरिएर लाग्नुपर्ने बताएका छन् ।

तामाङहरुको नयाँ बर्ष सोनामा ल्होच्छारको उपलक्ष्यमा शुभकामना दिन नुवाकोट पुगेका डा महतले आर्थिक प्रगति भै जनताको जीवनस्तर माथि उठेपछि असहमति र मतभेदहरु पनि स्वतः हटेर जाने विश्वास व्यक्त गरे । ‘आर्थिक प्रगतिका लागि आर्थिक एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘हरेक समय आर्थिक विकास र प्रगति कसरी गर्ने भनेर सोच्नुपर्छ र काममा खरोरुपमा उत्रिनुपर्छ ।’

कांग्रेसको सरकारले गाउँ गाउँसम्म विकास पुर्याएको उल्लेख गर्दै डा महतले विकासको प्रमुख पूर्वाधार बाटो भएको र पञ्चायतको उत्तराद्र्धमा १६ हजार किमी मोटरबाटो बनेकोमा अहिले झण्डै ७० हजार किमी निर्माण भैसकेको जानकारी दिए । उल्लेख्य मात्रामा मोटरबाटो निर्माणका साथै हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताकाबीच पनि आर्थिक सामाजिक क्षेत्रमा नेपालले सन्तोषजनक प्रगति गरेको उनको भनाइ थियो ।

डा महतले नर्जादेखि लच्याङसम्म मोटरबाटो बनिरहेकोले त्यसलाई गुणस्तरीय बनाउन र छिटो सम्पन्न गर्न जनताले निगरानी गरिरहनु पर्नेमा जोड दिए । उहाँले लच्याङमा थप विकासका कार्यक्रमहरु ल्याउन आफू प्रतिवद्ध रहेको उल्लेख गरे । ‘नेपाल एक जातिको मात्र मुलुक होइन,’ उनले भने, ‘बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालमा सबै जातजातिले समानरुपमा प्रगति गर्ने र अवसर पाउने संवैधानिक व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL