Logo

ठूला करदाता करको दायरमा आएसंगै महानगरको आम्दानी बढ्यो, ६ महिनामा सवा अर्व आम्दानी

ठूला करदाता करको दायरमा आएसंगै महानगरको आम्दानी बढ्यो, ६ महिनामा सवा अर्व आम्दानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा काठमाडौं महानगरपालिकाको आम्दानी बृद्धि भएको छ । चालु आवको पुससम्ममा महानगरको आम्दानी २५ प्रतिशतले बढेको हो । सो अवधिमा महानगरपालिकाले १ अर्व ३१ करोड १२ लाख बराबरको आम्दानी गरेको छ । गत आवको सो अवधिमा १ अर्व ४ करोड ७७ लाख बराबर आम्दानी गरेको थियो ।

ठूला करदाता कम्पनी करको दायरामा आउनथाले सँगै महानगरको आम्दानी बढेको राजस्व महाशाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । घरवहाल तथा नक्सा पासमा कडाइ गरेकोले पनि करदाताको संख्या बढेको उनले बताए । ‘लामो समयसम्म कर नतिरेका होटलहरुले कर बुझाउँदा महानगरको आम्दानी बढेको हो,’ उनले भने ।

त्यस्तै ट्रेड टावर तथा आयल निगमलगायतले पनि कर तिरेको उनले जानकारी दिए । यो आवको ६ महिनामा नक्सा पासबाट १५ करोड ५५ लाख आम्दानी भएको छ । जुन गत आवको सो अवधिको तुलनामा २१ प्रतिशतले बढी हो गत आवको पुससम्म १२ करोड ७४ लाख आम्दानी गरेको थियो ।

घरबहाल करबाट चालु आवको ६ महिनामा ४१ करोड ७६ लाख आम्दानी भएको छ । यो गत बर्षको भन्दा ३६ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा ३० करोड ५४ लाखको आम्दानी भएको थियो ।

त्यसैगरी सिफारिस दस्तुर, व्यवसाय कर, बसपार्क प्रवेश शुल्कलगायतमा पनि बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्