Logo

आजबाट खुल्यो सवारी लाइेन्स वितरण, १४ वटै अञ्चलबाट लिन सकिने

आजबाट खुल्यो सवारी लाइेन्स वितरण, १४ वटै अञ्चलबाट लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सफ्टवेयरमा समस्या आएपछि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य आजबाट शुरु गरिएको छ । गत हप्ता हाडवेयर तथा सफ्टवेयरमा समस्या आएपछि यातायात व्यवस्था विगभाले देशभर नै लाइसेन्स तिवरण कार्य रोकेको थियो ।

विभागले यातायात व्यवस्था कार्यालय बागमतीमा लाइसेन्सको स्मार्टकार्ड वितरण शुरु गरेको थियो । स्मार्टकार्ड वितरण शुरु गरेसँगै लाइसेन्स वितरणमा पटक–पटक समस्या देखिएको छ । विभागले यसपटक बागमतीमा थप तीन स्थानमा शाखा विस्तार गरेको थियो । शाखा विस्तारसँगै सफ्टवेयरमा समस्या आएपछि लाइसेन्स वितरण कार्य रोकेको थियो । तर आजबाटै बागमतीको ४ वटै कार्यालयबाट लाइसेन्स लिन सकिने विभागले जानकारी दिएको छ ।

यसैगरी विभागले अन्य १३ अञ्चल यातायात कार्यालयमा देखिएको समस्या पनि आजबाट समाधान गरेको छ । ६ वर्ष अघि संचालनमा ल्याएको ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टम (डिएलआरएस) मा स्तरोन्नती गर्नुपर्ने भएकाले समस्या देखिएको विगभाले जानकारी दिएको छ । तर, ती स्थानहरुमा भर्खरै मात्र हार्डवेयर अपग्रड गरिएकोले आजबाट फारम रजिष्ट्रेशन तथा वितरण कार्य शुरु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL