काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव यो हप्ताभर विभिन्न सञ्चारमाध्यमको प्राथमिकतामा प¥यो । लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकहरुले लगानी गर्न छाडेपछि बजारमा यो चर्चाको विषय बन्न पुग्यो । नेपाल राष्ट्र बैंकले समस्या समाधानका लागि तरलता प्रवाहलाई निरन्तरता दियो ।
व्यवस्थापिका संसदको लेखा समितिले मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई लाभ कर नतिरेसम्म फोरजी सेवा संचालनमा प्रतिवन्ध लगाउन दिएको निर्देशन पनि ‘हट’ विषय बन्यो । लाभकरका विषयमा लामो समयदेखि विवादमा रहेको एनसेललाई लेखा समितिले लाभकर चुक्ता नगरेसम्म फोरजीको लाइसेन्स नदिन निर्देशन दिएको हो ।
यो हप्ता सेयर बजार निरन्तरजस्तै चर्चामा रह्यो । लामो समयसम्म सामान्य घटवढ भएको सेयर बजार यो हप्ता उच्च रुपमा आरालो लागेपछि मिडियाले यसलाई प्राथमिकता दिएका हुन् । यो हप्ता सेयर बजार एकै दिन ३५ अंकभन्दा बढीले ओरालो लागेको छ ।
बजारमा तलरलता अभाव भएको भन्दै नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन गर्दा संकलन भएको रकम राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्थालाई खारेज गरेको विषय पनि प्राथमिकताका साथ प्रकाशित भएको थियो । जस अनुसार अबका दिनमा प्राथमिक सेयर निष्काशन गर्दा जम्मा भएको पैसा राष्ट्र बैंकमा जम्मा नभई बजारमा आउने छ ।शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जरमा जानका लागि बाटो खुला गरिदिएको छ ।