Logo

शहिद परिवारलाई चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, छुट योजना २ दिनलाई मात्र

शहिद परिवारलाई चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, छुट योजना २ दिनलाई मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरी केवलकारले शहिद दिवसको अवसरमा विशेष छुट प्रदान गर्ने भएको छ । कम्पनीले माघ १६ र १७ गते केवलकारको टिकटमा शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुट दिने भएको छ ।

शहिदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहिद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

छुट व्यवस्था अनुसार केबलकारको टिकट. ३ सय ५० रुपैयाँमा पाइनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा चाहिनेछ ।

यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा नपाउने कम्पनीले जानकारी दिएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र पाइने छ ।

प्रतिक्रिया दिनुहोस्