Logo

दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुकमा नेपाल, सोमालिया विश्वकै भ्रष्ट राष्ट्र

दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुकमा नेपाल, सोमालिया विश्वकै भ्रष्ट राष्ट्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दक्षिण एसियाको भ्रष्ट मुलुकको सूचीको तेस्रो स्थानमा परेको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको हो ।

बुधबार सार्वजनिक सो सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । यो गत बर्षको भन्दा २ अंकले माथि हो ।

सूचांक अनुसार दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुकमा परेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । त्यस्तै भारत ४० अंकसहित ७९ औ स्थानमा, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् ।

बंगलादेश र अफगानिस्तान पछि नेपाल भ्रष्ट राष्ट्रको सूचीमा छ । भन्दा मात्र अगाडि छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्