काठमाडौं । सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने भएको छ । यसअघि गएराती भएको वार्तामा भएको सकरात्मक छलफलपछि आज फेरी वार्ता हुन लागेको हो । आज हुने वार्ताका लागि शिक्षक महासंघले मंगलबार बिहान बैठक गरेर सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको बुझिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमतिको मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघले केहि परिमार्जन गरेर वार्तामा पेश गर्ने शिक्षक महासंघले तयारी गरेको छ । सरकारले पनि शिक्षकसँग सकेसम्म आज नै सहमति गरेर आन्दोलन अन्त्य गर्ने प्रयासमा रहेको बताएको छ ।
शिक्षक महासंघले हालसम्म वार्तामा आफूहरूको मागप्रति सरकारसँग सकारात्मक नबनेको जनाएको छ। महासंघले आज सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा आफूहरु रहेको जनाएको छ ।
सोही अनुसार आन्दोलनलाई थप सशक्त बनाएर माग सम्बोधनका लागि दबाब दिनेगरी निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए ।