काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सङ्घीय संसद्का दुवै सदनका बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो ।