काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै किनबेच भईरहेको महासंघले जानकारी दिएको छ ।