Logo

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले तयार गरेको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्नका लागि मंगलबार बिहान ११: ३० बजे कार्यक्रम तय गरेका थिए ।

अर्को सूचना नहुँदा सम्मका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको शाक्यको सचिवालयले जानकारी गराएको छ ।

शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेपछि प्राधिकरणको वर्तमान अवस्था र चुनौती विश्लेषण गर्दै श्वेतपत्र जारी गर्ने बताएका थिए । श्वेतपत्रमा प्राधिकरण घाटामा रहेको र यसअघि कुलमान घिसिङले दाबी गरेका आँकडा गलत रहेको उल्लेख गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्