काठमाडौँ । विपक्षी दलहरुले जारी शिक्षक आन्दोलन र विगतमा भएका शिक्षकहरुसँगका सहमति कार्यान्वयनका लागि संसदमा जरूरी सार्बजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको सार्बजनिक महत्वको प्रस्तावमा शिक्षकसँग विगतमा भएका सहमति कार्यान्वयन गराउन, सार्बजनिक विद्यालयहरुलाई गुणस्तरीय बनाउने, विद्यालयको पठन पठन सुचारु गराउने लगायतका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तावलाई रास्वपाका सांसद सन्तोष परियार, एकीकृत समाजवादीका शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु शाह र जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले समर्थन गरेका छन् ।