Logo

सुनको मूल्यमा १४ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा १४ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्