काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला १९ सय ९० रुपैयाँ कायम भएको छ ।