Logo

सुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो

सुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा झिनो सुधार देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार साढे ७ हजार रुपैयाँले घटेको सुनको मूल्यमा आज २ सय रुपैयाँको वृद्धि देखिएको हो ।

आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्