काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष शिक्षा मन्त्रीमा पन्तको नाम सिफारिस गरेका हुन् । यसअघि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेका हुन्।
सम्भवतः पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।