Logo

कक्षा १२ को परीक्षाबारे अन्यौल, निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे अन्यौल, निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा चैत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

सरकार र महासंघका प्रतिनिधिबीच पटक पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्