काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई सिंहदरबार परिसरबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ हुनुअघि राप्रपाको संसदीय दलको कार्यालयमा लिङ्देन र अन्य नेताहरूलाई प्रहरीले रोक्न खोजेको थियो। तर, उनीहरू सिंहदरबारबाहिर निस्कन खोज्दा प्रहरीले लिङ्देनलाई नियन्त्रणमा लिएको छ।
यसैबीच, अन्य नेताहरूले प्रदर्शन जारी राखेका छन्। लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले ती पर्चा र पम्प्लेटहरू खोसेको बताइएको छ।