Logo

एसबिआई बैंकको नाफा १ अर्ब २० करोड, वितरणयोग्य नाफा १ अर्ब ५ करोड

एसबिआई बैंकको नाफा १ अर्ब २० करोड, वितरणयोग्य नाफा १ अर्ब ५ करोड



काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको सो नाफा नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ ।

बैंकले ब्याज आम्दानी घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको ब्याज आम्दानी १.०८ प्रतिशले घटेको हो । यसको इम्पेरिमेन्ट चार्ज पनि घटाएर ७२ करोड ५८ लाख रुपैयाँमा खुम्चाएको छ ।

बैंकको चालु आव चैतसम्म निक्षेप १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा चुक्ता पुँजी ३९ करोड रुपैयाँले बढेको छ ।

बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ छ । बैंकको निष्कृय कर्जा ४.०६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ । कस्ट अफ फन्ड ५.३५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्