Logo

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ६५ करोड, ईपीएस ९.०५ रुपैयाँ कायम

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ६५ करोड, ईपीएस ९.०५ रुपैयाँ कायम



काठमाडौं । लक्ष्मी सनराईज बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको हो । बैंकले गत वर्षको चैतसम्म १ अर्ब ६१ करोडमात्र नाफा गरेको थियो ।

बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ । समीक्षा अवधिमा लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्था (इम्पेरिमेन्ट चार्ज) वापत छुट्याएको रकम घट्दा नाफा बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी चालु आवको यो अवधिमा ८ अर्ब ५१ करोड रहेकामा ७ अर्ब ८९ करोडमा सिमित भएको छ । इम्पेरिमेन्ट चार्ज ३ अर्ब २० करोडमात्र छ जुन गत आवको चैत मसान्तमा ४ अर्ब थियो ।

लक्ष्मी सनराइजले चैतसम्म ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा बैंकले १५ अर्ब निक्षेप र १९ करोड रुपैयाँ कर्जा बढाएको हो ।

नाफा सामान्य दरले बढे तापनि बैंकको प्रतिसेयर आम्दानी केही घटेको । गत वर्षको चैतसम्म ९.२९ रुपैयाँ रहेको ईपीएस ९.०५ रुपैयाँ कायम भएको हो । यसैगरी नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.३ प्रतिशत छ ।

बैंकको निष्क्रिय कर्जाको अनुपात सामान्य दरले बढेको छ । गत आवको ९ महिना सकिँदासम्म बैंकसँग यस्तो कर्जा ५.४९ प्रतिशत रहेकामा चालु आवको यो अवधिमा बढेर ५.८६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्