काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ७८ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ हजार ३२ प्रतिशत बढी हो । गत वर्ष यस बैंकले १३ करोड मात्रै नाफा कमाएको थियो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी भने ७ अ र्ब ९९ करोड ३७ लाखबाट बढेर ८ अर्ब ५६ करोड ८६ लाख रुपियाँ पुगेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५.२६ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ २६०.७४ रुपियाँ र वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपियाँ रहेको छ ।