Logo

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यसअघि बिहीबार पतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्