काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयको बिहीबार बसेको बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिसमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्।
खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा, कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा, अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा खटाउने सिफारिस गरिएको हो।