Logo

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३६ सयको वृद्धि

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३६ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको हो । यसर्थ आज मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढ्दा मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज विश्वबजारमा सुन प्रतिऔंस ३ हजार ३ सय ३९ डलरमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्