Logo

आगामी हप्ता शुक्रबार दुबै सदको बैठक बस्ने, राष्ट्रपति पौडेलले आह्वान गरे अधिवेशन

आगामी हप्ता शुक्रबार दुबै सदको बैठक बस्ने, राष्ट्रपति पौडेलले आह्वान गरे अधिवेशन



काठमाडौं । आगामी हप्ता शुक्रबार संघीय संसदका दुबै सदनको बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाएको हो ।

संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने बैठकले निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्