Logo

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । यसर्थ आजै मात्रै सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्