काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा बन्द गरिने भएको छ।
सडक विस्तार छिटो सम्पन्न गर्न गएदेखि रातको समयमा सडक बन्द गरेर कम गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार गरिने भएको छ । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको भएपनि सो समयमा काम प्रभावकारी ढंगले हुन नसके पछि अब राति सडक बन्द गरेर काम गर्न लागिएको हो । नारायणघाट–बुटवल खण्डको ११४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुदैछ ।