काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हाे।
यसअघि गत आईतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।