Logo

नेपाली उत्पादन ‘हाईलाइफ’को विश्व बजार यात्रा, पुग्यो अष्ट्रेलियादेखि अमेरिकासम्म

नेपाली उत्पादन ‘हाईलाइफ’को विश्व बजार यात्रा, पुग्यो अष्ट्रेलियादेखि अमेरिकासम्म



काठमाडौं । नेपाली उत्पादन हाईलाइफले विश्व बजारमा निर्यात सुरु गरेको छ । हार्इलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले आफ्ना उत्पादनहरु अमेरिका, अष्ट्रेलिया, जापान संयुक्त अरब इमिरेट्स (दुवई) लगायतमा मुलुकमा निर्यात सुरु गरेको कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

पुँजी बजारका सफल लगानीकर्ता एवं उद्यमी पौडेलका साथै हाथवे इन्भेष्टमेन्ट, बिग इन्भेष्टमेन्टलगायत समुहको लगानीमा संचालित हाईलाइफले बजारमा नेपाली भान्साका लागि आवश्यक खाद्यान्न उपलब्ध गराउँदै आएको छ । आजभन्दा २० वर्षअघि स्थापना भएको कम्पनीले नेपाली बजारमा चिउरा, सोयाविन लगायतका खाद्यान्नहरु उत्पादन गर्दै आएको थियो । तर, पछिल्लो समय अध्यक्ष पौडेललगायतका समूहको प्रवेशसँगै कम्पनीले आफुलाई एग्रेसिभ रुपमा अघि बढाएको हो ।

कम्पनीले हाल कम्पनीले नेपाली बजारमा चिउरा, भुजिया, कनफ्लेक्स, केचप, जाम, चक्की आटा, मस्यौरादेखि बिहानी खाजाको लागि चिया, ओट्स, मुसुली, चोकोज र बालबच्चाका लागि चिजबललगायतका करिव २ दर्जन खाद्यान्न उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

पहिलो चरणमा हाईलाईफले चिउरा र साेयाविनबाट निर्यात सुरु गरेको र निकट भविश्यमा अचारहर समेत निर्यात गर्न लागिएको अध्यक्षले पौडेलले जानकारी दिए । हार्इलाइफले सुरुमा निलगिरी ग्रुपमार्फत अष्ट्रेलियामा आफ्ना उत्पादनहरु विक्री गर्दै आएको थियो । पछिल्ला दिनहरुमा नेपालको सबैभन्दा ठूलो स्टोर भाटभटेनीदेखि सामान्य किराना पसलहरुमा समेत हाईलाइफका उत्पादनहरुले वर्चश्र्व जमाउँदै आएको हाईलाइफका उत्पादनहरु विदेश निर्यातमा समेत वृद्धि भएको हो ।

पछिल्लो समय हाईलाइफका उत्पादनहरु नेपाली उपभोक्ताका साथै विदेशमा समेत रोजाईमा पर्दै आएको पौडेलले जानकारी दिए । ‘हाईलाइफले नेपाली भान्साका लागि आवश्यक गुणस्तरीय खाद्य बस्तुहरु उत्पादन गर्दै आएको छ,’ उनले भने, ‘सोहीअनुरुप हाईलाइफका उत्पादनले नेपाली बजारमा साथै विदेशमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएको छ ।’ साथै आगामी दिनमा हाईलाईफले भान्साका लागि आवश्यक सबै खाद्य वस्तुहरु उत्पादन गर्ने रणनीतिअनुरुप अघि बढेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्