Logo

वीरगञ्जमा कर्फ्यु थप : चैत ३१ राति १२ बजेसम्म कायम

वीरगञ्जमा कर्फ्यु थप : चैत ३१ राति १२ बजेसम्म कायम



काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेशलाई चैत ३१ गते राति १२ बजेसम्म लम्ब्याएको छ। दुई समुदायबीच भएको झडपपछि शनिबार साँझ ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो। स्थिति अझै पूर्णरूपमा सामान्य नभएको निष्कर्षसहित प्रशासनले कर्फ्यु थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कर्फ्युको क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

शनिबार अपराह्न करिब ४स्५० बजे विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगञ्ज–२ श्रीराम हलस्थित जामा मस्जिद नजिक पुग्दा दुई समूहबीच झडप भएको थियो।

प्रतिक्रिया दिनुहोस्