काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको हाे ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढ्दै १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।