Logo

वीरगञ्जमा दुई समूहबीचको झडपपछि कर्फ्यू आदेश

वीरगञ्जमा दुई समूहबीचको झडपपछि कर्फ्यू आदेश



वीरगञ्ज । वीरगन्जमा दुई समूहबीचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया चौक अगाडी झड़प भएको थियो ।

हिन्दू समुदायको जुलुसमाथि वीरगञ्जको छपकैया क्षेत्रमा पथराव भएपछि दुबै पक्षबीच झडप भएको छ । झडपको क्रममा ज़ाइज़ बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ ।

स्थानीयहरूका अनुसार, धार्मिक र्‍यालीमा घरको छतबाट ढूँगा फालेपछि उत्पन्न तनाबका कारण केही समूहबीच विवाद चर्किएको थियो, जसले उग्र रूप लिएर आगजनीमा परिणत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्