Logo

दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति प्रदान गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न म्याद दिएको छ।

प्रहरीले दुवैलाई अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न माग गरेको थियो, र सोहीअनुसार अदालतले म्याद थपको अनुमति दिएको हो।

यसअघि, गत २६ चैतमा सोही प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप गरिएको थियो। उनीहरूसँग म्याद मिलाउन प्रहरीले प्रसाईं र खड्काका लागि पनि १२ दिनको म्याद माग गरेको थियो।

भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्