काठमाडौं । शुक्रबार नेपाली बजारमा एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८५ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।