Logo

प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई

प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/०८३ को तयारीबारे मन्त्री र मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग बजेटको तयारीबारे छलफल गर्न लागेका हुन् ।

छलफलको लागि दिृउँसो साढे ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । उक्त बैठकमा सबै मन्त्री र मन्त्रालयका सचिवहरु सहभागी हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्