Logo

चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन

चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन



काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

प्रतिक्रिया दिनुहोस्